डा. तोसिमा कार्कीको उम्मेदवारीबारे आज सर्वोच्चले टुंगो लगाउने

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 14, 2022 14-Nov-2022, Mon
1 Min Read
Aa
तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेकी ललितपुर-३का डा. तोसिमा कार्कीको उम्मेदवारीबारे आज सर्वोच्चले टुंगो लगाउने भएको छ ।

उनले आफु नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदमा रही ललितपुर-३ मा मनोनयन गरेकी थिइन् र उक्त विषयमा निर्वाचन आयोगले उनलाई लाभको पदमा रहेको भनी उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो ।

सो विषयमा कार्कीले आफु काउन्सिलको निर्वाचित सदस्यलाई लाभको पद भन्न नमिल्ने भनी सर्वाच्च अदालत गएकी थिइन् । आज सोमबार उक्त विषयको टुंगो लाग्ने स्रोतले बताएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja