नेपाल नागरिक उड्डयन प्राधिकरण अनुसार ४ मंसिर निर्वाचनका दिन आन्तरिक उडान नहुने भएको छ । जानकारी अनुसार उक्त दिनमा न्यून बुकिङ्ग भएको कारण आन्तरिकतर्फ मुख्य गन्तव्यमा नियमित उडान नहुने भएको छ ।
निर्वाचनको कारण सार्वजनिक यातायात नचल्ने भएको हुनाले हवाई यात्रु समेत प्रभावित बन्ने हुदा उक्त दिन आन्तरिक उडान बन्द हुने भएको हो । तर आहिले सम्म औपचारिक निर्णय भने भएको छैन ।
स्रोतका अनुसार उक्त दिनमा भने हेलिकप्टर, चार्टर्ड र अन्तराष्ट्रिय उडानमाहरु प्रभावित नहुने भएको छ । थप जानकारी अनुसार अन्तरास्ट्रिय उडानका यात्रुले भने आफ्नो टिकट देखाएर विमानस्थलसम्म र विमानस्थलबाट आफ्नो गन्तव्य सम्म जान पाउने छन् ।


















प्रतिक्रिया दिनुहोस्