भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.६ राईटोलमा आगलागी हुदा एकजनाको मृत्यु भएको छ । ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिए अनुसार मृत्यु हुनेमा २५ वर्षकी अस्मिता केसी रहेकी छिन् । सुस्तमनस्तिथि र प्यारालाइसिसले समेत भएकी अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मारामको छोरि हुन् । स्रोतका अनुसार आगलागी आज बिहान ८ बजे तिर भएको हो । आगलागीमा परी सोहि घरको १४ वर्षीय नित्मा केसीलाई भने उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ ।


















प्रतिक्रिया दिनुहोस्