उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहारः जापान र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 19, 2022 19-Nov-2022, Sat
1 Min Read
Aa

उत्तर कोरियाले जापानी सागरमा शुक्रबार क्षेप्यास्त्र प्रहार गरेपछि जापान र संयुक्त राज्य अमेरिकाले जापानको सागरमाथिको हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेको टोकियोका रक्षा अधिकारीहरूले बताएका छन् ।

उत्तरको ब्यालिस्टिक मिसाइल होक्काइडोको पश्चिममा रहेको देशको विशेष आर्थिक क्षेत्र (ईईजेड) भित्रको पानीमा खसेको बताइरहेका बेला जापानका रक्षा अधिकारीको भनाइ सार्वजनिक भएको हो । ईईजेड जापानको तटीय रेखाबाट यसको क्षेत्रीय पानीको सीमाभन्दा बाहिर २०० समुद्री माइलसम्म फैलिएको छ ।

जापान वरपर बढ्दो गम्भीर सुरक्षा वातावरणबीच जापान सेल्फ डिफेन्स फोर्स र अमेरिकी सशस्त्र बलहरूले द्विपक्षीय अभ्यास गरे, जापानी रक्षा मन्त्रालयद्वारा वितरित जोइन्ट स्टाफको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ,, ‘जापानको समुद्रमा विशेष आर्थिक क्षेत्रभित्र उत्तर कोरियाको आईसीबीएम ब्यालेस्टिक मिसाइल प्रक्षेपण प्रहार भएपछि यो रणनीतिक हवाई अभ्यास गरिएको हो ।’

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja