कतारमा जारि विश्वकपमा आज ३ खेल हुदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 21, 2022 21-Nov-2022, Mon
1 Min Read
Aa
fifa world cup 2022

कतारमा हिजोदेखि सुरु विश्वकप फुटबल अन्तर्गत आज ३ खेल हुदै छ । आज हुने पहिलो खेलमा इंग्ल्याण्डले इरानको सामना गर्ने छ ।

उक्त खेल साझको पौने ७ बजे देखि सुरु हुने छ । विश्वकपको दोस्रो दिनको दोस्रो खेलमा सेनेगल र नेदरल्याण्ड बीच नेपाली समय अनुसार राति पौने १० बजे हुने छ ।

दोस्रो दिनको अन्तिम खेलमा भने अमेरिका र वेल्सबीच नेपाली समय अनुसार रातिको १ बजे देखि खेल सुरु हुने छ । यस अघि विश्वकपको पहिलो खेलमा आयोजक कतारले इक्वेडरसंग २-०को हार बेहोरेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja