नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौँ क्षेत्र नं ४बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । उनले एमालेको पकड भएको भनिएको वडाहरुबाट उल्लेखनीय मत प्राप्त गरेको पाइएको छ ।
४ हजार ८७१ मत गन्न बाकि छदा गगनको मत ५ हजार भन्दा बडी भएको हुनाले उनको जित निश्चित भएको हो । पछिल्लो उपडेट अनुसार गगनले १७ हजार ५१६ मत पाउदा उनका प्रतिस्पर्धी नेकपा एमालेका डा. राजन भट्टराईले ११ हजार ९४८ मत पाएका छन् ।


















प्रतिक्रिया दिनुहोस्