फ्रान्स च्याम्पियनको श्राप तोडेर चलिरहेको फिफा कतार विश्वकप २०२२ मा नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । युरोपेली च्याम्पियनहरू सन् १९९८ देखि समूह चरणको खेलभन्दा बाहिर जान असफल भएका छन् ।
कतारमा जारी विश्वकपको सातौं दिनमा फ्रान्सका केलियन एमबाप्पेले दुई गोल गरेपछि शनिबार भएको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्स नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ ।
डेनमार्कमाथिको जितसँगै विश्व च्याम्पियन फ्रान्सले समूह डीको शीर्ष स्थानमा ६ अंक जोडेको छ र राउन्ड अफ १६ मा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ ।


















प्रतिक्रिया दिनुहोस्