सोमबार थापाथली क्षेत्रमा बागमती नदी किनारमा सुकुम्वासी बस्तीका मानिसहरू र काठमाडौं महानगरपालिका प्रहरी जवानबीच झडप हुँदा २१ जना घाइते भएका छन् ।
झडपमा महानगरीय प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेसहित काठमाडौं महानगरपालिका प्रहरीका १४ जना अधिकृत घाइते भएको स्रोतले बताएको छ । घाइते सबैको नर्भिक अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।
महानगरीय प्रहरी र वाग्मती नदी बेसिन विकास आयोजनाका अधिकारीहरु सुकुम्बासी बस्तीमा उनीहरुलाई हटाउन पुगेका थिए । बागमती नदी बेसिन विकास आयोजना समितिले मंगसिर ४ भित्र उक्त क्षेत्र खाली गर्न सूचना जारी गरेको थियो ।
थापाथली क्षेत्रमा बागमती नदी किनारमा बसोबास गर्ने सुकुम्बासीले विरोध प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिका प्रहरीका कर्मचारीमाथि ढुंगामुढा र लाठी प्रहार गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्