कतारमा जारि २०२२ फिफा विश्वकप अन्तर्गत आज समूह ‘सी’ र ‘डी बाट अन्तिम १६को लागि प्रतिस्पर्धा हदै छ । गए राति भएको खेलमा समूह ‘ए’बाट सेनेगल र नेदरल्याण्ड शिर्ष १६मा पुगेका छन् भने समूह ‘बी’बाट यु.एस.ए र इंग्ल्याण्ड पुग्न सफल भएका छन् ।
आज हुने पहिलो दुइ खेल समूह ‘डी’बाट नेपाली समय अनुसार ८:४५ बजे हुनेछ । शिर्ष १६मा जाने पक्का भैसकेका फ्रान्स र तुनिसियाबीच एक खेल हुने छ त्यस्तै अर्को खेल अस्ट्रेलिया र डेनमार्कबीच हुने छ ।
दोस्रो दुई खेल समूह ‘सी’ बाट पोल्याण र दाबेदार टोली अर्जेन्टिनाबीच हुने छ भने अर्को खेल साउदी अरेबिया र मेक्सिको बीच राति १२:४५ बजे सुरु हुने छ ।


















प्रतिक्रिया दिनुहोस्