बैतडीको पञ्चेश्वर गाउपालिक ४की २१ वर्षीय माया लुहारको हत्या आरोपमा एक सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । हत्यामा आरोपी भरत कोली आज महेन्द्रनगरस्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।
प्रदेश प्रहरीले जानकारी दिए अनुसार आरोपी भरतराम कोली शिवनाथ गाउपालिका ४का हुन् । कास्कीको पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत कोली बिदामा घर आएका बेला उक्त घटना घटेको स्रोतले बताएको छ ।


















प्रतिक्रिया दिनुहोस्