ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण हुन लागेकाले यहि मङ्सिर २३ गते बिहान ६ बजेदेखि निर्माण कार्य सुरु हुने सडक विभागले ग्वार्को जानकारी दिएको छ ।
निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्राक बाट चलाइने भएको छ ।
त्यस्तै कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्ट ट्राकबाट संचालन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।


















प्रतिक्रिया दिनुहोस्