नेपाल वायुसेवा निगमले ३ वर्षदेखि ग्राउन्डेड रहेका पाँच चिनियाँ जहाज बिक्री गर्ने प्रक्रिया सुरु गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 6, 2022 06-Dec-2022, Tue
1 Min Read
Aa
grounded air

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वर्षदेखि ग्राउन्डेड रहेका पाँच चिनियाँ जहाज बिक्री गर्ने प्रक्रिया सुरु गरेको छ । त्यसका लागि निगमले मंगलबार विमानको मूल्याङ्कनका लागि बोलपत्र आह्वान गरेको छ ।

निगमले जानकारी दिए अनुसार जुलाई ३०, २०२० देखि यी विमानहरू ग्राउन्ड गरेका हुन् ।निगमसँग कूल ६ चिनियाँ विमान थिए । तीमध्ये तीन वर्षअघि नेपालगन्ज विमानस्थलमा भएको दुर्घटनामा एउटा पूर्णरुपमा क्षतिग्रस्त भएका थियो ।

स्रोतका अनुसार अन्य पाँच पनि सञ्चालनमा नआएकाले घाटा कम गर्न निगमले मूल्य निर्धारण गरी बिक्री गर्ने तयारी गरेको हो । विमानबाट निगम र सरकार दुवैलाई ठूलो नोक्सान भएको छ ।

विमान चलाउन नसक्ने भन्दै निगमले विमान सरकारलाई हस्तान्तरण गरेको थियो । तर, सरकारले बेवास्ता गरेपछि निगमले जहाज भाडामा दिने तयारी गरी टेण्डर जारी गरेको थियो । त्यसमा पनि कुनै दलले चासो देखाएनन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja