बुद्ध एयरले ठुलो जहाजबाट काठमाडौँ-सुर्खेत रुटमा उडान गर्ने भएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 7, 2022 07-Dec-2022, Wed
1 Min Read
Aa
बुद्ध एयर

काठमाडौँ-सुर्खेत रुटमा बुद्ध एयरको एटियार ७२ जहाजले उडान गर्ने भएको छ । यस अघि उक्त रुटमा एटियार ४२ जहाजले उडान गरेको थियो । जानकारी अनुसार उक्त जहाजको हवाई भाडा महँगो भएको भन्दै स्थानीयले ठुलो जहाज माग गरेको हो ।

डिसेम्बर १६ देखि उक्त रुटमा ठुलो जहाज सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ । उक्त रुटको न्युनतम भाडा ७ हजार रुपैयाँ हुने भएको छ । बुद्ध एयरले काठमाडौँ-सुर्खेत रुटमा दैनिक २ उडान गर्ने भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja