राष्ट्रिय दलित आयोगले मेयर साम्पाङलाई कारबाही गर्न सिफारिस

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 20, 2022 20-Dec-2022, Tue
1 Min Read
Aa
हर्क सम्पाङ्ग

सामाजिक सञ्जाल (फेसबुक) मार्फत दलित समुदायको अपमान गरेको भन्दै मेयर हर्कराज राई (साम्पाङ)लाई राष्ट्रिय दलित आयोगले कानुनी कारबाही गर्न सिफारिस गरेको छ ।

स्रोतका अनुसार आयोगका अध्यक्ष देवराज विश्वकर्माले गृह मन्त्रालयलाई लेखेको पत्रमा आफूले संविधान र कानुनभन्दा माथि रहेको भन्दै सार्वजनिक रूपमा आफ्नो धारणा राखेकाले कानुनी कारबाही गर्न सिफारिस गरिएको बताए ।

मेयर साम्पाङले गत मंगलबार फेसबुक पेजमा ‘शक्ति होइन, आफ्नो ‘चमरे’ बुद्धि प्रयोग गर’ भन्दै अपमानजनक टिप्पणी गरेका थिए । यो पोस्ट सार्वजनिक भएपछि तराईका दलित समुदायको अपमान गरेको भन्दै उनको चौतर्फी आलोचना भएको थियो ।

त्यसलगत्तै राष्ट्रिय दलित आयोगले पनि विज्ञप्ति जारी गरी मेयर साम्पाङलाई आफ्नो भनाइ सच्याउन र आत्मआलोचना गर्न आग्रह गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja