पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन जनवरी १ बाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ ।
विमानस्थल सञ्चालनको तयारीस्वरुप निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले बिहीबार पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा एटीआर–७२ जहाज अवतरण गरेका छन् । विमानले परीक्षण उडान पनि गरेको थियो ।
यसबाट पोखरामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल सञ्चालन गर्ने चार दशकदेखिको सपना पूरा भएको स्थानीयले खुसी व्यक्त गरेका छन् । बिहीबारको डेमो उडानपछि व्यावसायिक उडानको तयारी गरिरहेको वायुसेवा कम्पनीहरुले बताएका छन् ।


















प्रतिक्रिया दिनुहोस्