बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 26, 2022 26-Dec-2022, Mon
1 Min Read
Aa
सुरेन्द्र बहादुर बस्नेत

नेपालको अग्रणी आन्तरिक उड्डयन सेवा प्रदायक बुद्ध एयर प्रालिका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको आइतबार ९५ वर्षको उमेरमा निधन भएको छ ।बस्नेतले ७० वर्षको उमेरमा एयरलाइन्स स्थापना गर्नुका साथै विभिन्न सरकारी पदमा पनि काम गरेका थिए ।

भोजपुर जिल्लाको सलमामा जन्मेका बस्नेतले ७० वर्षको उमेरमा एयरलाइन्स स्थापना गरेका हुन् । बस्नेत पञ्चायतकालमा दुई पटक मन्त्री तथा सर्वोच्च अदालतका पूर्वन्यायाधीश समेत भइसकेका छन् । उनले निर्वाचन आयोग र प्रेस काउन्सिल नेपालको प्रमुखको रुपमा समेत काम गरेका थिए ।

बुद्ध एयरले एक विज्ञप्ति मार्फत नेपालको उड्डयन दिग्गजको निधन भएको घोषणा गर्दै संस्थापक कार्यकारी अध्यक्षको निधनले कम्पनीले एक असल अभिभावक गुमाएको जनाएको छ । हाल बस्नेतका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत लोकप्रिय कम्पनीको नेतृत्व गरिरहेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja