गृहमन्त्री रवि लामिछानेको सांसदको वैधानिकताबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आगामी पुस १६ गते सुनुवाइ हुने भएको छ ।
अधिवक्ता रविराज बसौलाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुस २१ गते सुनुवाइ भएपनि मंगलबार आदेशको प्रमाणित प्रति जारी गरिएको हो ।
दुवै पक्षका वकिलले लामिछाने सांसद पदका लागि योग्य वा अयोग्य भन्ने बहस गर्नेछन् । कायममुकायम प्रधानन्यायाधीशको संयोजकत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेलाई संसद सदस्यको पद तथा गोपनियताको सपथ लिनबाट रोक्न मागसहित सर्वोच्च अदालतमा रिट परेको छ ।
अमेरिकी नागरिकता लिएर निष्क्रिय बनेका नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनको अध्यक्षता खारेज गर्न माग समेत गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्