नेपालमा बिहीबार गत २४ घण्टामा २५ नयाँ पीसीआर पुष्टि भएका कोरोना संक्रमित भेटिएसँगै देशव्यापी संक्रमितको संख्या ९९९ हजार ७१२ पुगेको छ ।
त्यस्तै गरी एक हजार ३७१ एन्टिजेन परीक्षणमा २० जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबारसम्म देशभर ५,९३६,७०२ पीसीआर र १,४१८,६९७ एन्टिजेन परीक्षण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १ हजार ३०७ पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशमा कोभिड–१९ बाट कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महामारी सुरु भएयता देशव्यापी मृत्यु हुनेको संख्या १२,०१८ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९ लाख ८६ हजार ६१७ संक्रमित निको भइसकेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ७० जना सक्रिय केसहरूको संख्या १०७७ छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३, मधेश प्रदेशमा १ र बागमतीमा २१ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा बुधबार ३१ नयाँ पीसीआरमा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । त्यसैगरी मंगलबार ४२ नयाँ पीसीआर पुष्टीमा कोरोना संक्रमण पुष्टि भएको छ भने सोमबार ३९ नयाँ पीसीआर पुष्टि भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्