अब नेपाल प्रवेश गर्न सबै यात्रुहरूले कोभिड-१९ परीक्षण प्रमाणपत्र ल्याउनु पर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 9, 2023 09-Jan-2023, Mon
1 Min Read
Aa
nepal airlines

अब अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाल आउने यात्रुहरूले अनिवार्य रूपमा बार कोड वा कोभिड-१९ पीसीआर नेगेटिभ रिपोर्टसहित कोभिड-१९ अन्तर्राष्ट्रिय प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

आइतबार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने यात्रुले अनिवार्य रूपमा बार कोड वा कोभिड–१९ पीसीआर नेगेटिभ रिपोर्टसहित कोभिड–१९ अन्तर्राष्ट्रिय प्रमाणपत्र पेश गर्नुपर्ने सूचना जारी गरेको छ ।

नेपाल वायुसेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले विश्वभर बढ्दो कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै नयाँ व्यवस्था गरिएको बताए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja