नेपालको राष्ट्रिय टोलीको पुर्वकप्तान सन्दिप लामिछाने रिहा भएका छन् । उनि २० लाख धरौटी तिरेर थुनामुक्त भएका छन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए ।
उनलाई केन्द्रीय कारागारबाट पहिले उच्च अदालत पाटन लगिएको थियो । अदालती प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन् ।
यो मुद्दाको किनारा भने लागिसकेको छैन । अहिले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप निलम्बनमा छन् । सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ।


















प्रतिक्रिया दिनुहोस्