मृत्युपछि मेरो सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्न चाहन्छु:प्रधानमन्त्री पुष्पकमल दाहाल

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 20, 2023 20-Jan-2023, Fri
1 Min Read
Aa
pradhanmantri pushpa kamal dahal

प्रधानमन्त्री पुष्पकमल दाहालले मृत्युपछि अंगदान गर्ने घोषणा गरेका छन् ।

नेपाल सरकार अन्तर्गतको मानव अंग प्रत्यारोपण केन्द्रले शुक्रबार बिहान १००० औं सफल मिर्गौला प्रत्यारोपणको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले भने, ‘म मृत्युपछि मेरो सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्न चाहन्छु ।

दाहालले आफ्नो घोषणाले देशलाई हौसला मिल्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा दाहालले देशका गरिब जनतालाई मिर्गौला प्रत्यारोपण गराउनमा प्रत्यारोपण केन्द्रले खेलेको भूमिकाको प्रशंसा पनि गरे ।

उनले भने,‘केन्द्रले कलेजो प्रत्यारोपणको सुविधा पनि दिन्छ,’ ‘तर यसलाई अझ आधुनिक र प्रभावकारी बनाउन पनि आवश्यक छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja