मेडिकलका विद्यार्थी र काठमाडौं प्रहरीबीच झडप भएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 24, 2023 24-Jan-2023, Tue
1 Min Read
Aa
clash between iom student and ktm police

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा विज्ञान प्रतिष्ठान (आइओएम)का विद्यार्थी र काठमाडौं प्रहरीबीच मेडिकल क्याम्पस अगाडि मंगलबार झडप भएको छ ।

विद्यार्थीहरूले आईओएम सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन्। उनीहरुले क्याम्पसमा ताला समेत लगाएका छन् । प्रहरीले ताला तोडेपछि विद्यार्थी र काठमाडौँ प्रहरीबीच झडप भएको थियो ।

प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो । आइओएमभित्र पसेर विद्यार्थीमाथि लाठीचार्ज गरेपछि विद्यार्थीले प्रहरीको विरोध समेत गरेका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja