उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी सम्बन्धी मुद्दामा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ ।
लामिछानेको सांसद बन्ने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले यसअघि डिसेम्बर १४ मा लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए ।
संवैधानिक इजलासले गत पुस २१ गते मुद्दाको प्रारम्भिक सुनुवाइ गरी माघ ६ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरेको थियो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा गठित संवैधानिक इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन् ।
निवेदनमा लामिछानेले अमेरिकी नागरिकता लिएर पनि नेपाली नागरिकता नराखेर पार्टी दर्ता गरी पदाधिकारीमा निर्वाचित भएको भन्दै संविधान र कानुनको गम्भीर उल्लंघन गरेको दाबी गरिएको छ ।
रिट निवेदनमा लामिछाने, राष्ट्रिय स्वोतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद् र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।


















प्रतिक्रिया दिनुहोस्