कर्णाली प्रदेशमा भारी हिमपातका कारण जुम्लालगायत पहाडी जिल्लाको हवाई सेवा अवरुद्ध भएको छ ।
सोमबार रातिदेखि हिमपातका कारण नेपालगन्ज र सुर्खेतबाट जुम्ला, मुगु, हुम्ला र डोल्पाका लागि उडान भर्ने सीता एयर, समिट एयर, तारा एयर र नेपाल एयरलाइन्सको उडान अवरुद्ध भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए ।
एक्कासी हिमपात र हवाई सेवा अवरुद्ध हुँदा कर्णाली प्रदेशका दुर्गम क्षेत्रबाट आउने यात्रु अलपत्र परेका छन् । जुम्ला विमानस्थल एक फिट गहिरो हिउँले ढाकेको छ । मंगलबार सुर्खेतदेखि नेपालगन्जसम्मको हवाई सेवा पनि प्रभावित भएको छ ।
हिमपातका कारण जुम्लामा यस वर्ष हवाई सेवा अवरुद्ध भएको यो पहिलो पटक हो ।


















प्रतिक्रिया दिनुहोस्