राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध राहदानी मुद्दामा प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।
युवराज पौडेल लामिछानेले नागरिकता खारेजको आधारमा राहदानी लिएको भन्दै उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए ।
सर्वोच्च अदालतले लामिछानेको नागरिकता मुद्दाको पूर्णपाठ जारी गर्न बाँकी रहेकाले यस विषयमा मुद्दा दर्ता नगरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनर्जीवित गर्ने कानुनी प्रक्रिया पूरा नगरेको ठहर गर्दै शुक्रबार सांसद रवि लामिछानेलाई खारेज गरेको थियो ।
लामिछानेले आइतबार मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपालको नागरिकताको प्रमाणपत्र लिएका हुन् ।


















प्रतिक्रिया दिनुहोस्