जनवरीमा ५५ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 1, 2023 01-Feb-2023, Wed
1 Min Read
Aa
tourist in nepal

अफ सिजन महिना मानिने जनवरीमा पर्यटक आगमनले नेपालको पर्यटन उद्योगमा आशा जगाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार ५५ हजार ७४ पर्यटक नेपाल आएका छन् ।

जाडोलाई नेपालमा पर्यटकीय सिजन नमान्ने भएकाले पर्यटन उद्योगका व्यवसायीले यसलाई सकारात्मक रुपमा लिएका छन् । चिनियाँ नागरिकलाई नेपाल आउन नदिइएका बेला यो संख्या राम्रो भएको व्यवसायी बताउँछन् ।

बोर्डका निर्देशक मणिराज लामिछाने अहिलेको अवस्थामा देखिएको आगमन उत्साहजनक रहेको बताउँछन् । यस देशमा प्रवेश गर्ने पर्यटकको सूचीमा भारतीयहरू शीर्ष स्थानमा छन्, त्यसपछि अमेरिकी, अष्ट्रेलिया र बंगलादेशीहरू छन्।

तथ्यांकका अनुसार यो कोरोना महामारीपछि जनवरीमा सबैभन्दा धेरै पर्यटक आगमन हो । जनवरी २०१९ मा ८१,२४३ पर्यटक नेपाल आएका थिए भने जनवरी २०२० मा ७९,७०२ पर्यटक नेपाल आएका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja