प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी दिएका छन् ।
सर्वोच्च अदालतबाट प्राप्त पत्रका आधारमा आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सदनमा यस्तो घोषणा गरेका हुन् ।
सभामुख घिमिरेले भने, ‘सर्वोच्च अदालतको पत्र चालान नम्बर २७४०६ मुद्दा नम्बर ०७९ डब्लुसी ००३५ मिति २९ पुस २०२३ अनुसार प्रतिनिधिसभा सदस्य रवि लामिछानेले अमेरिकी नागरिकतालाई विधिवत परित्याग गरेपछि नेपाली नागरिकता पाउने प्रक्रिया अघि बढेको हो ।
निवेदक युवराज पौडेलले दायर गरेको रिट निवेदन पूरा नभएकाले उनी प्रतिनिधिसभा सदस्य बन्न योग्य मानिएका छैनन् ।
चितवन निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बन्न अयोग्य भएकाले नेपालको संविधानको धारा ३३, उपधारा २, ३ र धारा १३७ बमोजिम निर्वाचित घोषणा र प्रमाणपत्र दिने कार्यलाई बदर गरिएको छ ।
प्रतिनिधि सभाको नियमावली २१२ को उपनियम १ बमोजिम नेपालको संविधानको धारा ८९ को दफा ख बमोजिम प्रतिनिधि सभाको सदस्य पद रिक्त रहेको जानकारी गराउदछु । “
प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।


















प्रतिक्रिया दिनुहोस्