निगमले दुर्गम क्षेत्रमा ई–टिकटिङ सुरु गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 3, 2023 03-Feb-2023, Fri
1 Min Read
Aa
nepal airlines

नेपाल वायुसेवा निगमले नेपालगन्जबाट जुम्लालगायत दुर्गम गन्तव्यमा उडानका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको छ ।

निगमले बिहीबारदेखि अनलाइन इ–टिकट प्रणाली सुरु गरेको छ । नेपालगञ्जबाट उडान हुने जुम्ला, हुम्ला, डोल्पा, मुगु, रुकुम र बाजुरा जिल्लामा अनलाइन टिकटिङ सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।

बिहीबारबाट पहिलो पटक सेवा सुरु गरिएको उनले बताए । उनले दुर्गम क्षेत्रमा ई–टिकट सञ्चालन गर्ने उद्देश्य रहेको बताए । पावर करिडोरमा पहुँच भएकाले मात्रै ग्रामीण तथा दुर्गम क्षेत्रमा उडानको टिकट पाउने र सर्वसाधारणलाई टिकट पाउन मुस्किल हुने भएकाले इ–टिकटिङ प्रणाली सुरु गरिएको हो ।

फागुन २ गतेदेखि कर्णालीका सबै जिल्लामा निगमको इ–टिकटिङ प्रणाली सुरु भएको छ । जुम्लाका सांसद छिरिङल्हामु लामा तामाङ सांसद भएदेखि नै हवाई तथा यातायातको समस्या समाधानका लागि पहल गरिरहेकी छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja