राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्बाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टी बैठकले मन्त्रिपरिषद्बाट बाहिरिने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी १९ सांसदसहितको गठबन्धनमा चौथो ठूलो दल हो ।
आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा सांसदहरुको समेत सहभागिता रहेकोले सरकार छाड्ने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले बैठकपछि पत्रकार सम्मेलन गरी जानकारी दिए ।
तर, पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने एक सदस्यले बताए । निर्णयसँगै शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोशिमा कार्कीले सरकार छाड्ने भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्