निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने : मन्त्री किराँती

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 5, 2023 05-Feb-2023, Sun
1 Min Read
Aa
MANTRI KIRANTI

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान सुरु हुने बताउनुभएको छ ।

विमानस्थलको निरीक्षणपछि मन्त्रीले राष्ट्रिय वायुसेवाको उडान ढिलो हुने समस्या काठमाडौं आइपुग्दा नै समाधान गर्ने बताए । उनले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय ध्वजावाहक विमान नआउनुको कारणबारे सोधपुछ गरी सञ्चालनमा ल्याउने वाचा गरे ।

उनले निगमको मात्र नभई अन्य एयरलाइन्सको उडानका लागि पनि पहल गरिरहेको बताए । हाल श्रीलंका भ्रमणमा रहेका परराष्ट्रमन्त्रीमार्फत कोलम्बो–भैरहवा–कोलम्बो उडानका लागि पनि पहल गरिएको मन्त्री किरातीले बताए ।

मन्त्री किरातीले यो विमानस्थल सञ्चालनका लागि कूटनीतिक र प्राविधिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने बताए । यस विमानस्थलमा नियमित उडान गर्ने जजिरा र हिमालय एयरलाइन्सले खराब मौसमका कारण गत डिसेम्बरमा उडान रोकेका थिए ।

नेपाल र चीनको निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले डिसेम्बर १६ बाट र जजिराको उडान डिसेम्बर २१ बाट बन्द गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja