टर्की र सिरियामा शक्तिशाली भूकम्प जाँदा सयौंको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 6, 2023 06-Feb-2023, Mon
1 Min Read
Aa
टर्कीमा भुकम्प

सोमबार मध्य टर्की र उत्तरपश्चिम सिरियामा ७.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको छ ।

सिरियाको सीमानजिकै रहेको टर्कीको दक्षिणपूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी सयौंको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् ।

टर्की र सिरियाका अधिकारीहरूका बयानहरूले जानकारी दिए अनुसार मृत्युहुनेको संख्या ५०० भन्दा बढी रहेको छ, तर त्यो संख्या बढ्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको समयमा मानिसहरु सुतिरहेका थिए र त्यसयता दर्जनौं पराकम्पनहरु महशुस भएका छन् ।

दुवै देशका सयौं भवन भत्किएपछि भग्नावशेषमुनि फसेका मानिसहरूलाई बचाउन उद्धारकर्ताहरू दौडिरहेका छन् ।

टर्की, सिरिया, लेबनान, साइप्रस र इजरायलका लाखौं मानिसहरूले भूकम्पको धक्का महसुस गरेका थिए । केन्द्रबिन्दु टर्कीको गाजियनटेप शहर नजिक थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja