मीनभवन क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहले सोमबार एकअर्कामाथि ढुंगा प्रहार गरेका छन् ।
नेविसंघको प्रतिष्ठान र प्रतिद्वन्द्वी गुटबीच झडप हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने ‘ढुंगामुढापछि हामीले प्रहरीका अन्य इकाइबाट टोली खटाएको छौँ, स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं,’।
शेखर–गगन गुटका विद्यार्थीले मीनभवन क्याम्पसमा बैठक गरेका थिए । शेखर गुटका विद्यार्थी नेता धर्मराज शाहीले बैठकका क्रममा प्रतिष्ठान गुटले आक्रमण गरेपछि झडप भएको बताए ।


















प्रतिक्रिया दिनुहोस्