राजनीतिज्ञ गगन थापा बाख्रा प्रकरणको बारेमा बोल्छन् र भन्छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu February 9, 2023 09-Feb-2023, Thu
1 Min Read
Aa
gagan thapa

मैले मेरो बारेमा लेखिएको ट्विट, स्ट्याटस, मलाई गरिएको गाली मैले बेलुकाबेलुका बसेर पढें भने गाली गर्नेलाई खबरदार भनें भने कमाण्डलु बोकेर पशुपति तिर गए हुन्छ ।

ला मेरो त केही नै रहेनछ, संसार नै सकिएछ, केही नै बाँकी रहेनछ, म त मान्छे नै होइन रहेनछु, म त धर्तीमा किन आएछु ? दलाल, भ्रष्टाचारी, त्यसपछी गएर यसलाई त यसले पाल्छ, यसले पाल्छ अब त के बाँकी हुन्छ होइन ।….म यसलाई कसरी ठान्छु, लिन्छु अनि यसलाई कसरी लिने भन्ने कुरा पनि हो ।

भोलि पनि हाम्रै बारेमा आउने कुरा लेखियोस्, हामी प्रष्ट बनाउँला, म अहिलेसम्म कति भारी बोकेर हिडिरहेको छु । कहिँ गएर यसो खसी करायो कि आफुलाई यसो ह्वा.. लागि हाल्छ ।…साच्चिकै लाग्छ भन्या ।

त्यो लाग्दै गर्छ, भन्दै जाने, हिँड्दै जाने, गर्दै जाने तर मैले यसलाई आफ्नो उदाहरण दिएर किन भनेको भनें यसलाई यदि अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरिकन यसलाई सोचें भने एकदम घातक हुन्छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja