वीर अस्पतालले विना विदा अनुपस्थित रहेको भन्दै पाच नर्स कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ ।
सेवाबाट हताइएकामा पाचौ कक्षमा कार्यरत सुशिला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् ।
अस्पताल प्रशासनले जानकारी दिए अनुसार उनीहरु अस्पताललाई जानकारी नदिई विदामा गएको र अस्पतालले सूचना जारि गरे पनि सम्पर्क विहिन रहेको हुनाले उनीहरुलाई बर्खास्त गरिएको जनाएको छ ।
तिस दिन भित्र सम्पर्क गर्ने सुचना दिए पनि अस्पताल प्रशासनसंग सम्पर्कमा नआएपछी उक्त पाचजनालाई अस्पतालबाट हटाइएको अस्पतालले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्