पशुपति क्षेत्र अब प्लाष्टिक झोलामुक्त

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 29, 2023 29-Mar-2023, Wed
1 Min Read
Aa
पशुपतिनाथ मन्दिर

पशुपति क्षेत्र विकास कोषले विश्वभरका हिन्दू धर्मावलम्बीहरुको पवित्र स्थल काठमाडौंको पशुपति क्षेत्रलाई प्लाष्टिक झोलामुक्त घोषणा गरेको छ ।

बुधबार सार्वजनिक सूचना जारी गर्दै ट्रष्टले सरसफाई प्रावधानका लागि उक्त क्षेत्रमा प्लाष्टिकका झोला भित्र्याउन नपाइने जनाएको छ ।

संस्कृति तथा पर्यटन मन्त्रालयले अहिले हरेक शनिबार पशुपति सरसफाई अभियान सञ्चालन गरिरहेको र प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाउने निर्णय पनि यसैको एउटा पाटो भएको ट्रष्टले जनाएको छ ।

यो अभियान तीन महिनासम्म चल्ने भन्दै ट्रस्टले सबैलाई साथ र सहयोग गर्न आग्रह गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja