भारतको इन्दौरमा राम नवमी मेलामा दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३५ पुग्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu March 31, 2023 31-Mar-2023, Fri
1 Min Read
Aa
people-geeting-rescue-after-60-people-fell-into-well-in-indore

भारतको इन्दौरको बेलेश्वोर महादेव झुलेलाल मन्दिरमा राम नवमी मेलामा दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३५ पुगेको छ । जानकारी अनुसार उनीहरु इनार ढाकेको ढक्कन भत्किदा उनीहरु इनारमा खसेका थिए ।

स्रोतका अनुसार २० भन्दा बढीको उपचार भैरहेको छ । भारतीय संचार मध्यमले जानकारी दिए अनुसार बिहिबार भएको उक्त दुर्घटनामा परेको मध्ये आज सुक्रबार बिहानसम्म ३५ जनाको शव निकालिएको छ ।

करिब ६० वर्ष पुरानो मन्दिरमा बिहानौ ११ बजे देखि हवन सुरु गरिएको थियो । मन्दिर परिसर भित्र टेरेसमा करिब ६० भन्दा बढी मानिस बसिरहेका थिए, त्यस पछि स्लाब खस्दा सबै मानिस ६० फिट गहिरो इनारमा खसेको स्रोतले बताएको छ ।

इनारमा खसेको मध्ये १८ जनाको जिवितै उदार गरिएको छ भने ५३ वर्षीय १ वेक्ती भने अझै बेपत्ता रहेको स्रोतले बताएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja