नेपाल नागरिक उड्डयन प्राधिकरणले हालै उडानका क्रममा टिकटक भिडियो खिचेको भन्दै हिमालय एयरलाइन्सका तीन उडान परिचर(क्याबिन क्रु)लाई कारवाही गरेको जनाएको छ ।
काठमाडौं–दोहा रुटमा रहेको एच९-५६३ उडानका क्रममा विमान पाकिस्तानको हवाई क्षेत्रमा हुँदा चालक दलका तीन सदस्य दुई महिला र एक पुरुषले टिकटक प्रयोग गरिरहेको भेटिएको थियो ।
नियामक निकायले यो उडान इन-फ्लाइट सेफ्टी नियमको उल्लङ्घन भएको भन्दै तीनदेखि छ महिनाका लागि निलम्बन गरेको जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्