नेपाल एयर्लाइन्सका ब्यागेज ह्याण्डलिङमा खटिने कर्मचारी साथै एयरपोर्टमा खटिने कर्मचारीलाई गोजिराहित पोशाक दिन थालिएको छ । नेपाल वायुसेवा निगमले बिहिबार यस बारे जानकारी दिएको हो ।
जानकारी अनुसार यात्रुको ब्यागेजको चेन फुट्ने र सामान चोरी हुने जस्ता घटना बढे संगै नेपाल एयरलाईन्सले ब्यागेज ह्यान्डलिङ सेवामा सुधार ल्याउन यस्तो कदम चालेको बताईएको छ ।
निगमका अनुसार अब ब्यागेज ओसार-पोसारको ट्रलीमा बार र चेन लगाइएको छ, भने साथसाथै वर्षाको बेला पानीबाट ब्यागेजलाई भिज्नबाट जोगाउन ट्रलीमा छाना समेत जडान गरिएको छ ।
यात्रुको ब्यागेजको सुरक्क्षाको लागि सिसिटिभीमा समेत चुस्त निगरानी राखिने र ब्यागेज ह्यान्डलिङ युनिटलाई २४ घण्टा क्रियाशील राखिने निगमले जानकारी दिएको छ ।
निगमका अनुसार सेवालाई अन्तराष्ट्रिय स्तरको बनाइने भन्दै यदी यस्ता घटना घटेमा अन्तराष्ट्रिय नियमअनुसार उचित छेतिपुर्ती दिने समेत प्रतिबद्धता जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्