विश्वको दशैँ अग्लो शिखर अन्नपुर्ण हिमालमा बेपत्ता भएका एक भारतीय आरोही तिन दिन पछि जिवितै फेला परेका छन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक युवराज खतिवडाले जानकारी दिए अनुसार ३४ वर्षीय अनुराग मालुलाई उद्दार टोलीले गहिरो खाडलबाट उद्दार गरेको हो ।
सोमबार अन्नपुर्ण हिमालको क्याम्प तेस्रोबाट ओर्लने क्रममा करिब ६ हजार मिटर भन्दा तल खसेपछि आरोही बेपत्ता भएका थिए ।
जानकारी अनुसार अहिले मालुलाई हेलिकप्टरबाट पोखरा ल्याएर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएको छ । स्रोतले बताए अनुसार अहिले उनलाई भेन्टिलेटरमा राखिएको छ र उनको अवस्था गम्भीर रहेको छ ।
जानकारी अनुसार मालु भारतको राजस्थानको किशनगड निवासी हुन् । उनि संयुक्त राष्ट्रसंघको दिगो विकास लक्क्षका बारेमा सचेतना जगाउन ८००० मिटर भन्दा माथिका सबै १४ चुचुराहरु चड्ने अभियानमा थिए ।


















प्रतिक्रिया दिनुहोस्