सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अवरुद्ध भएको छ । जसका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ ।
एरिया एप्रोच सेन्टर र हवाइजहाजसँग सम्पर्क स्थापित गर्ने कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएपछि उडान र अवतरण रोकिएको स्रोतले जनाएको छ ।
मोफसिलबाट काठमाडौंका लागि उडेका केही हवाईजहाजलाई आफूले उडेको विमानस्थलमा फिर्ता पठाएको बताइएको छ । टावरबाट नजिकै रहेका हवाईजहाजसँग सञ्चार स्थापना गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडान प्रभावित भएको हो ।


















प्रतिक्रिया दिनुहोस्