नेपाल वायुसेवा निगमले अष्ट्रेलिया उडान संचालनका लागि गृहकार्य थालेको छ ।
निगमका सूचना अधिकारी गणेश घिमिरेले नेपालबाट सिड्नीको किंग्सफोर्ड स्मिथ विमानस्थलमा उडान गर्ने प्रस्ताव राखेको बताए । उनका अनुसार राष्ट्रिय ध्वजावाहकले काठमाडौं–सिंगापुर–सिड्नी जोड्ने उडानका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
अष्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । अष्ट्रेलिया जाने र आउने नेपाली विद्यार्थीको आवश्यकतालाई सम्बोधन गर्ने सम्भावनालाई उद्धृत गर्दै निगमले देशमा दुईतर्फी नियमित उडान गर्ने लक्ष्य राखेको छ ।
अक्टोबर २०१९ सम्ममा अष्ट्रेलियाका कलेजहरूमा करिब ५२,००० नेपाली विद्यार्थी भर्ना भएको एक प्रतिवेदनले देखाएको छ। विगत तीन वर्षमा यो संख्या बढेर ६५,७०० पुगेको अनुमान छ ।
निगमले हाल अन्तर्राष्ट्रिय उडानका लागि आफ्ना दुई न्यारो बडी र दुई वाइडबडी जहाज प्रयोग गर्दै आएको छ । सरकारी स्वामित्वको निगमले नयाँ दिल्ली, बैंग्लोर, मुम्बई, कतार, दुबई, मलेसिया, साउदी अरब, हङकङ, थाइल्याण्ड र जापानमा नियमित उडान गर्दै आएको छ ।


















प्रतिक्रिया दिनुहोस्