काठमाडौं महानगरपालिकाले राजधानीलाई थप सुन्दर र सुरक्षित बनाउन सडक छेउका खम्बाका अव्यवस्थित तार हटाउन थालेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा नगर सरकारले सोमबारदेखि यो अभियान सुरु गरेको हो । नेपाल विद्युत प्राधिकरणले भने यसअघि नै आफ्ना तारहरू भूमिगत गर्न थालिसकेको छ ।
नयाँ अभियानको पहिलो चरणमा माइतीघर र न्यूरोड क्षेत्रका तार व्यवस्थापन गरिने काठमाडौं महानगरीय प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए ।
दुई साता अघि, सहर सरकारले आईएसपीलाई सेवाहरूमा अवरोध नगरी पोलबाट आफ्नो तारहरू सुरक्षित रूपमा हटाउन जानकारी दिएको थियो ।


















प्रतिक्रिया दिनुहोस्