चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मृत फेला परेका छन् । दुई दिनयता विभिन्न ठाउँमा मरेका गैँडा फेला परेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार वैशाख २५ गते तमोर तालको कसरा क्षेत्रमा चार महिनाको पोथी गैँडा मृत फेला परेको थियो भने अर्को दिनमा सौराहाको राप्ती नदी किनारमा साढे दुई वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको थियो ।
दुवै गैँडा प्राकृतिक कारणले मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए । चार महिनाको पोथी गैँडाको सिङ्ग अझै बढ्न सकेको थिएन । यसको खुर पनि सुरक्षित रहेको उनले बताए ।
न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा भाले गैंडाको खुर र सिङ्ग पनि सुरक्षित रहेको उल्लेख छ । यससँगै चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा १८ गैँडा मरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्