विदेशमा ६ महिना काम गरेकाले मात्र दुईवटा मोबाइल ल्याउन पाउने

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 14, 2023 14-May-2023, Sun
1 Min Read
Aa
मोबाइल फोन

कम्तिमा ६ महिना काम गरेर वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारले मात्रै दुईवटा मोबाइल साथमा ल्याउन पाउनेछन् ।

भन्सार विभागले आइतबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको ६ महिना पूरा गरेपछि मात्रै विदेशबाट दुईवटा मोबाइल ल्याउन सकिने जनाएको छ ।

विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले आफूले प्रयोग गरिरहेको मोबाइल र एउटा नयाँ फोन वा दुवै प्रयोग भएको मोबाइल ल्याउन सक्ने बताए ।

उनका अनुसार विदेशमा अध्ययन तथा अन्य प्रयोजनका लागि गएका नेपालीले एउटा मात्र फोन साथमा ल्याउन पाउनेछन् ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रम स्वीकृति लिएर कम्तिमा छ महिना लगातार विदेशमा काम गरेका नेपाली नागरिकले भन्सार कार्यालयमा थप एउटा मोबाइल फोन घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्नेछ,’ ‘अध्ययन र अन्य प्रयोजनका लागि विदेश गएका नेपालीले भने एउटा मोबाइल फोन मात्र ल्याउन अनुमति दिइएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja