नक्कली भुटानी शरणार्थी घोटालामा संलग्न ३० जना विरुद्द सरकारी वकिलले ४ फौजदारी मुद्दा दायर गरेको छ ।
सरकारी वकिलको कार्यालयले बुधबार दिउसो ३० जना प्रतिवादी विरुद्द काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
सरकारी वकिलको कार्यालयको स्रोतका अनुसार उनीहरु विरुद्द ठगी, कागजात किर्ते, संगठित अपराध र देशद्रोहमा संग्लग्न रहेको अभियोगमा कारवाही गर्न माग गरिएको हो ।
घटनामा संग्लग्न ३० जना मध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । पक्राउ पर्नेमा एमाले नेता टोप बहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बल कृष्ण खाण्ड, पुर्व सभा मुख आङ तवा शेर्पा र पुर्व गृह सचिव टेकनारायण पाण्डे रहेका छन् ।


















प्रतिक्रिया दिनुहोस्