देशभर आन्तरिक उडानको भाडा घटाइएको छ । नेपाल आयल निगमले मंगलबार हवाई इन्धनको मूल्य घटाएपछि यस्तो भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विराटनगर–नेपालगन्ज रुटको भाडा रु ५४० र काठमाडौं–सिमरा रुटको भाडामा रु ९० ले घटेको छ ।
त्यस्तै, काठमाडौं–भद्रपुर रुटको हवाई भाडा रु तीन सय, काठमाडौँ-विराटनगर रुटको रु दुई सय ४०, काठमाडौँ-धनगढी रुटको रु चार सय ४५, काठमाडौँ-नेपालगन्ज रुटको रु ३२५, काठमाडौँ-भैरहवा रुटको भाडा रु दुई सय १० र काठमाडौ-भैरहवा रुटको भाडा रु दुई सय १० ले घटेको छ ।
निगमले मंगलबार हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।


















प्रतिक्रिया दिनुहोस्