देशभर चार हजारभन्दा बढी डेंगुका बिरामी छन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 26, 2023 26-Jul-2023, Wed
1 Min Read
Aa
डेंगु

देशभर कम्तीमा ४ हजार २८९ डेंगुका बिरामी भेटिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन १५ गतेसम्म डेंगुका बिरामी दुई हजार ९३० थिए ।

प्रदेश अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा २ हजार ७ सय ५४, वाग्मतीमा ७ सय ७६, गण्डकीमा ३ सय ४४, सुदूरपश्चिममा ३ सय १६, लुम्बिनीमा १ सय ६६, मधेशमा २२ र कर्णालीमा २० जना रहेका छन् ।

दश जिल्ला यो रोगको चपेटामा परेका छन् । प्रभावित जिल्लाहरुमा सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडौं, संखुवासभा, म्याग्दी, कञ्चनपुर, रुपन्देही र मोरङमा ३ हजार ६ सय ७१ जनामा ​​संक्रमण देखिएको छ ।

एडिस जातको संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा डेंगुको भाइरस सर्छ । जुलाई, अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा भाइरसको जोखिम उच्च हुने महाशाखाले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja