दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला भएको छ ।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र यातायात व्यवस्था विभागका प्रतिनिधि र यातायात व्यवसायीबीच भएको छलफलपछि आजदेखि अग्रिम टिकट बुकिङ गर्न सकिने घोषणा गरिएको हो ।
बुकिङका लागि सबै व्यवस्था मिलाइएको जानकारी दिइएको छ । दशैं, तिहार र छठ मनाउनका लागि हरेक वर्ष लाखौं यात्रु काठमाडौंबाट आफ्नो परिवारसँग प्रस्थान गर्छन् ।
साथै, ज्वालाले आवतजावतलाई सहज बनाउन वर्षाले क्षतिग्रस्त सडक तत्काल मर्मत गर्न निर्देशन दिएको छ ।


















प्रतिक्रिया दिनुहोस्