काठमाडौँ महानगरपालिकाले महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० र सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन २०६८ बमोजिम मंसिर १३ गतेदेखि महानगरभित्रका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने भएको छ ।
यो निर्णय अनुसार रेष्टुरेन्ट, बार, क्यान्टिन, होटेल, कभर्ड हल, लज, गेस्ट हाउस, रंगशाला, शारीरिक तन्दुरुस्ती केन्द्र, सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था, बालगृह लगायतका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ ।
कारखाना कार्यस्थल, सिनेमा हल, थिएटर, सांस्कृतिक केन्द्र, होटेल, मोटल, रिसोर्ट, धर्मशाला, बसपार्क, टिकट काउन्टर र विमानस्थलमा निषेध गरिने भएको छ ।
ऐनले चुरोट लगाएत सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलबाट २०० मिटर टाढा रहेको बन्द प्याकेटमा मात्र बिक्रि वितरण गर्न सकिने वेवास्था गरिएको छ ।
यो निर्णय अनुसार सार्वजनिक स्थलमा बिक्रि हुने सुर्तीजन्य पदार्थ प्रहरीले जफत गरेमा, सुर्तीजन्य पदार्थ बिक्रि वा सेवन गर्नेलाई २५ हजार देखि एक लाख सम्म जरिवाना हुने बताइएको छ ।


















प्रतिक्रिया दिनुहोस्