एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा मुक्का प्रहार

Gopi Krishna Limbu
Gopi Krishna Limbu December 14, 2023 14-Dec-2023, Thu
0 Min Read
Aa
kp oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा मुक्का प्रहार गरिएको छ । जानकारी अनुसार उनि मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका थिए ।

अध्यक्ष ओली भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा मुक्का प्रहार भएको हो । स्रोतका अनुसार उनीमाथि लेगुवाकै स्थानीय महेश राईले मुक्का हानेका हुन् ।

मुक्का हान्ने राईलाई प्रहरीले पक्राउ गरेको छ र मुक्का हान्नुको कारण भने खुलेको छैन ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja